एनजीओसम्बद्ध कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा रोक
काठमाडाैं | असोज २६, २०७९
तस्बिर फाइल
पोखरा : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा एनजीओसम्बद्ध कर्मचारीलाई चुनावी प्रचारप्रसारमा रोक लगाएको छ ।
गैरसरकारी संस्था, विकास साझेदार संस्था सम्बद्ध पदाधिकारी तथा कर्मचारीहरुले राजनीतिक दल वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न आयोगले एक सूचना जारी गर्दै रोक लगाएको हो ।
आयोगले निर्वाचन अवधिभर कुनै योजनाको शिलन्यास, उट्घाटन, सर्वेक्षण, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रमसमेत रोक्न निर्र्देशन गरेको छ ।
निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा समाजिक सञ्जालमार्फत मत माग्न समेत रोक लगाएको छ ।

पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

